प्रह्लाद नाटकमा मनोविश्लेषणात्मक द्वन्द्व
Abstract
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा रुचि दिएको पाइन्छ । यो पाश्चात्य नाट्यप्रवृत्ति हो । शेक्सपियसरका नाट्यशैलीबाट विशेष रूपमा प्रभावित समले प्रह्लाद नाटकमा द्वन्द्वको सूक्ष्म प्रयोग पाइन्छ । यस नाटकमा देव र दैत्य, ज्ञान र विज्ञान, भौतिकवाद र अध्यात्मवाद जस्ता कुराका द्वन्द्व प्रस्तुत गरिएको छ । त्यसप्रकारका द्वन्द्व व्यक्ति र व्यक्ति, व्यक्ति र परिस्थिति, एउटा जाति र अर्को जाति, भिन्नभिन्न आस्था र विचार आदिको मात्र नभएर मनोवैज्ञानिक प्रकारको पनि देखापर्दछ । तिनलाई बाह्य र आन्तरिक द्वन्द्व पनि भन्न सकिन्छ । आन्तरिक द्वन्द्व मनोवैज्ञानिक प्रकारको हुन्छ । त्यो मनोविश्लेषणात्मक मान्यताका आधारमा पठनीय हुन्छ । मनोविश्लेषण सिग्मन्ड फ्रायडद्वारा स्थापित मनोवैज्ञानिक मान्यता हो । त्यसलाई सिग्मन्ड फ्रायड, अल्फ्रेड एडलर, कार्ल गुस्ताभ युङ्ग, ज्याक लकाँ आदिले अघि बढाउने काम गरेका छन् । प्रस्तुत अध्ययनमा प्रह्लाद नाटकमा पाइने मनोविश्लेषणात्मक द्वन्द्वको विवेचना युङ्गको आद्यस्वरूपको मान्यता, एडलरको उच्चता ग्रन्थिको मान्यता, फ्रायडको इडिपस ग्रन्थिको मान्यता र ज्याक लकाँको अन्यपनको मान्यताका आधारमा गरिएको छ । यस नाटकका बारेमा विभिन्न विद्वान्हरूले विभिन्न ढङ्ग अध्ययन गरेको पाइने भए पनि मनोविश्लेषणात्मक द्वन्द्वसम्बन्धी गहन र विस्तृत अध्ययन भएको देखिँदैन । त्यही नै यस अध्ययनको शोध रिक्तता हो । त्यसको परिपूर्तिका लागि प्रस्तुत अध्ययन गरिएको छ । यस अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालय कार्यद्वारा गरिएको छ र सामग्रीको विश्लेषण विषयवस्तु विश्लेषण विधिमा गरिएको छ । प्रस्तुत नाटकमा मनोविश्लेषणात्मक द्वन्द्व सफल र प्रभावकारी रहेको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।
Downloads
Published
Issue
Section
License
Copyright (c) 2024 Pragnya Sarathi
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.