गुल्मीमा प्रचलित ‘बाघ मार्ने सियो’ लोककथाको विधातात्विक अध्ययन
Keywords:
नूतन, रैखिक, मुखपात्र, अतिप्राकृतिक, रूढीबुढी, अभिप्राय, स्वैरकाल्पनिकAbstract
यो लेख गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिकामा प्रचलित ‘बाघ मार्ने सियो’ लोककथाको विधातात्विक अध्ययनमा केन्द्रित छ । कथाको कथानक सामाजिक विषयवस्तुसँग सम्बन्धित छ । कथाका चरित्रहरु मानवीय र मानवेत्तर पशुप्राणी तथा निर्जीव वस्तुहरु रहेका छन् । परिवेश सुखान्त प्रकृतिको रहेको छ । यो कथाले मनोरन्जन दिनुका अतिरिक्त मिलेर काम गरेमा जस्तोसुकै कठिनाइ पनि सजिलै पार गर्न सकिन्छ भन्ने शिक्षा वा सन्देश दिएको छ । भाषा सरल तथा बोधगम्य छ । रैखिक शैलीको कथामा वर्णनात्मक र संवादात्मक दुवै प्रकारको भाषिक विन्यास छ । प्राथमिक स्रोतमार्फत तथ्याङ्क सङ्कलन गरिएको छ भने द्वितीयक स्रोतको प्रयोग गरेर विधातत्वको सिद्धान्त तयार गरिएको छ । त्यही सिद्धान्तका आधारमा यो कथाको विश्लेषण गरिएको छ । लेखलाई विषयपरिचय, अध्ययन विधि, अध्ययनका सीमा, लोककथाका तत्वहरु, व्याख्या विश्लेषण र निष्कर्षमा विभाजित गरिएको छ ।
Downloads
Published
Issue
Section
License
Copyright (c) 2024 Pragnya Sarathi
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.