नेपालको संविधान कार्यान्वयनको एक दशक ः अनुुभव, चुनौती र अवसरहरू

Authors

  • Dilli Raj Gautam TU Author

Keywords:

समृद्धि, संविधान कार्यन्वयन, सुशासन, संविधान संशोधन, राजनीतिक स्थायित्व

Abstract

प्रस्तुत लेख नेपालको संविधान कार्यान्वयनको एक दशक, प्राप्त अनुभव, कार्यान्वयनका क्रममा देखिएका चुनौती र अवसरहरूमा केन्द्रित रहेको छ । यो संविधान २०७२ मा संविधानसभाबाट निर्माण भई घोषणा भएको थियो । संविधान कुनै पनि सार्वभौम मुलुकको राज्यव्यवस्था सञ्चालन गर्ने उद्देश्यले तयार पारिएका नियमहरूको सङ्ग्रह हो । संविधानले नागरिकका अधिकारको प्रत्याभूति र कर्तव्यहरूको निर्धारण गर्नुका साथै सरकारको शक्ति र कार्यहरूको सीमाङ्कन गर्दछ । नेपालमा हालसम्म सातओटासंविधानहरू जारी भएका छन् । विगतमा जारी भएका संविधानहरूमा के कस्ता सबल र दुर्बल पक्षहरू थिए र के कति कारणले असफल भए ? नेपालको वर्तमान संविधान कार्यान्वयनको दस वर्षको अवधिमा मूलभूत व्यवस्थाको पक्ष र विपक्षमा थुप्रै तर्कहरू उठेका छन् । वर्तमान संविधानमा के कस्ता विशेषताहरू रहेका छन् र विगत दस वर्षको अनुभवले संविधान कार्यान्वयनका सन्दर्भमा के कस्ता अनुभूतिहरू रहे भन्ने विषयको खोज अनुसन्धान गर्ने सन्दर्भमा सम्बद्ध विषयवस्तुसँग मेल खाने लेख, रचना, पुस्तक, पत्रपत्रिका, सन्धि, सम्झौताहरूलाई आधार मान्नुका साथै सम्बन्धित विषयका विज्ञहरूको समेत राय लिई प्राथमिक तथा द्वितीयक स्रोत सामग्रीहरूको अध्ययन र विश्लेषण गरी निष्कर्षमा पुग्ने कार्य गरिएको छ । यो अध्ययन मुख्यतः गुणात्मक अध्ययन विधिमा आधारित छ । यो संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा लोकतान्त्रिक मूल्य, मान्यतासहितको समतामूलक समाजनिर्माण गर्ने सङ्कल्प गरेको छ । प्राप्त तथ्यहरूको आधारमा नेपालको संविधान (२०७२) अन्य संविधानहरूको तुलनामा मानवअधिकारको रक्षा, सुशासन र समृद्धिका लागि अग्रगामी भएकाले ती उपलब्धिलाई संरक्षण गर्न र आवश्यक ठानिएका विषयवस्तुलाई समयानुकूल संशोधन वा परिमार्जन गरी संविधानको सफल कार्यान्वयनमार्फत राजनीतिक स्थायित्वको दिशातर्फ निष्ठापूर्वक समर्पित भएर लाग्नुपर्ने निष्कर्षसहित आवश्यक सुझावहरू प्रस्तुत गरिएको   छ । 

Downloads

Published

2026-02-21

Issue

Section

Articles