धवलागिरि बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर

Authors

  • Saroj Raj Pant Author
  • Durga Neupane Author
  • Ghanashyam Rijal Author
  • Achal Chhetri Author

Keywords:

वहस, शैक्षिक गुणस्तर, सहकार्य र समन्वय

Abstract

अहिले विश्वविद्यालयमा घट्दै गएको शैक्षिक गुणस्तर सर्वत्र चिन्ता र चासोको विषय बनेको छ । देशमा चलिआएको र चल्दै गरेको दलीय पद्धतिको दोषारोपण शिक्षा क्षेत्रमा व्यापक छ । अभिभावकले शिक्षकलाई दोष दिने, शिक्षकले विद्यार्थी र अभिभावकलाई दोष दिने प्रवृत्ति हावी छ । यसले शिक्षा स्वच्छ, स्वस्थ नरहेको गुनासो सुनिन्छ ।  हरेक पक्ष दोषारोपण मात्र नगरी कमी कमजोरी समाधानको पक्षमा अघि बढे स्वच्छ शैक्षिक वातावरणको सिर्जना गर्न सक्नु पर्दछ ।  धवलागिरि  बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि सरोकारवाला पक्षले के कस्ता कार्यहरु गरी क्याम्पसको शैक्षिक गुणस्तर माथि उठाई, आत्मनिर्भर जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउन सक्दछ भन्ने विषयमा यो लेख केन्द्रित छ । शिक्षा राज्य तथा सरकारको दायित्व हो । यस शीर्षकमा गुणात्मक विधिमा वर्णानात्मक र विश्लेषणात्मक ढाँचाको प्रयोग गरी क्याम्पसका सरोकारवालापक्ष प्राध्यापक, कर्मचारी र छात्र–छात्राहरु गरी ३४ जना मध्ये २० जना पुरुष र १४ जना महिलासँग उद्देश्यमूलक नमूना छनोटको माध्यमवाट अन्तर्वार्ता, छलफल, प्रश्नावलीलाई प्राथमिक तथ्यहरु तथा प्रकाशित विभिन्न पुस्तक, जर्नल तथा लेखहरुलाई द्धितीय तथ्याङ्क तथा सूचनालाई आधारमानी यो लेख तयार गरिएको छ । क्याम्पसलाई राजनीतिक दबाव रवावबाट मुक्त बनाई आपसी सहकार्य र समन्वयबाट स्वस्थ प्रतिस्पर्धी जनशक्तिको रुपमा स्थापित गर्न सकिन्छ । क्याम्पसलाई भावि पुस्ताको केन्द्र बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनका लागि स्वार्थको राजनीतिबाट माथि उठेर क्याम्पस प्रशासन, व्यवस्थापन पक्षलाई निरन्तर सहयोग गर्दै गुणस्तर अभिवृद्धिमा जोड दिनुपर्ने यस अध्ययनको निष्कर्ष रहेको छ । यसका लागि सम्पूर्ण सरोकारवाला पक्ष दलमुखी र केन्द्रमुखी मात्र नभई सेवामुखी, क्याम्पसमुखी भएर निस्वार्थ पठनपाठनको संस्कृतिको विकास गरेमा अपेक्षित गुणस्तर वृद्धिमा टेवा पुग्नेछ । यो लेख क्याम्पसका शिक्षक, कर्मचारी, विद्यार्थीहरु तथा अन्य पाठकलाई उपयोगी हुनेछ ।

Downloads

Published

2026-02-21

Issue

Section

Articles