स्थानीय तह र ग्रामीण पर्यटन
Keywords:
ग्रामीण पर्यटन, दिगो विकास, सम्पदास्थल, स्थानीय तहAbstract
नेपालका सन्दर्भमा पर्यटन उद्योग उज्ज्वल भविश्यको बलियो संभावना बोकेको क्षेत्र हो । । पछिल्ला वर्षहरूमा सहरी पर्यटन, जलयात्रा एवम् पदयात्राका अलावा ग्रामीण पर्यटन पनि बिस्तारै मौलाउँदै गएको छ । ग्रामीण पर्यटनको अवधारणा, ग्रामीण पर्यटनले सामाजिक तथा आर्थिक विकासमा पु¥याउन सक्ने योगदान एवम् स्थानीय तहमा ग्रामीण पर्यटनको महत्त्व, संभावना र चुनौतीका बारेमा अध्ययन गर्ने उद्देश्यसहित यो लेख तयार गरिएको छ । ग्रामीण क्षेत्रमा आयआर्जनको दिगो र वैकल्पिक स्रोतका रूपमा ग्रामीण पर्यटन स्थापित हुन सक्ने देखिन्छ । ग्रामीण पर्यटनको व्यवस्थित विकास र विस्तार हुन सक्ने हो भने ग्रामीणवासी समुदायको जीवनस्तरमा पनि सुधार ल्याउन सकिने संभावना रहेको छ । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि स्थानीय तहमा आवश्यक पूर्वाधार निर्माणको कमी, पर्यटकीय स्थलहरूको पहिचान र प्रचारप्रसारमा कमीजस्ता अनेकौँ खालका समस्या तथा चुनौतीहरू पनि रहेका छन् । स्थानीय तहमा विद्यमान धार्मिक, पौराणिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक महत्त्व बोकेका सम्पदास्थलहरूको प्रचारप्रसार तथा संरक्षण हुन सकेमा यसले ग्रामीण पर्यटनलाई टेवा पुग्न सक्ने देखिन्छ । विभिन्न पुस्तक र प्रकाशित लेख रचनाहरुबाट सङ्कलित सूचना तथा स्रोत प्रयोग गरी पुस्तकालयीय अध्ययन विधिका आधारमा वर्णनात्मक, विश्लेषणात्मक एवम् विवरणात्मक शैलीबाट यो लेख तयार गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका प्राकृतिक तथा सांस्कृतिक सम्पत्ति र सम्पदास्थलहरुको उपयोग गर्न सक्ने हो भने पर्यटन विकासको बलियो संभावना स्थानीय तहमा रहेको छ । नेपाली समाजका मौलिक संस्कृति तथा परम्परा ग्रामीण पर्यटनका बलिया आधार हुनसक्ने देखिन्छन् ।
Downloads
Published
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.