विश्वव्यापी स्थानीय तहकोे संरचना, आयस्रोतहरू र नेपालको सन्दर्भ
Keywords:
आय स्रोत, कर, नगरपालिकाको संरचना, सेवा शुल्क, स्थानीय तहAbstract
प्रस्तुत लेखको मुख्य उद्देश्य विश्वमा स्थानीय तहअन्तर्गत नगरपालिकाहरूको संरचना एवम् स्वरूप र यिनीहरूका आम्दानीका मुख्य स्रोतहरू केके हुन् भन्ने कुराको खोजी गर्नमा केन्द्रित रहेको छ । उद्देश्यमूलक नमुना छनोट विधिका आधारमा अध्ययनको शीर्षक चयन गरी सम्पन्न गरिएको यस अध्ययनमा मूलतः द्धितीयक स्रोतका सामग्रीको प्रयोग गरिएको छ । विश्वव्यापी रूपमा नगरपालिकाकोे आकारप्रकार, स्वरूप–संरचना एवम् भूमिका देशअनुकूल फरकफरक हुने भएको र एउटै देशभित्रका विभिन्न राज्यहरूमा पनि यसको भूमिका एवम् स्वरूप–संरचनामा विविधता भएको तथ्यलाई अध्ययनले स्पष्ट पारेकोे छ । केन्द्र सरकार, प्रदेश सरकार, क्षेत्र सरकार वा राज्य सरकार र स्थानीय तह वा नगरपालिकाहरूको आयस्रोतमा पनि एकरूपता नदेखिएको कुरा पनि यस अध्ययनले स्पष्ट देखाएको छ । तापनि आय कर, सम्पति कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क नै नगरपालिकाका आयका मुख्य सा्रेतहरू भएकोे अध्ययनको निष्कर्ष छ । यो अध्ययन आगामी दिनमा यस विषयमा अध्ययन गर्न इच्छुक सबैका लागि उपयोगी हुने देखिन्छ ।
Downloads
Published
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.