लमजुङ जिल्लामा प्रचलित ठाडो भाका लोकगीतसँग समाज र संस्कृति

Authors

  • विष्णु परियार Author

Keywords:

झ्याउरे छन्द, रोधी, लोकगीत

Abstract

प्रस्तुत लेख लमजुङ जिल्लामा प्रचलित ठाडो भाका लोकगीतसँग समाज र संस्कृति शीर्षकमा सम्बन्धित रहेको छ । ठाडो भाका लोकगीत लोकगीतको एउटा प्रकार वा शैली हो । यसै गीतसँग समाज र संस्कृतिलाई यस अध्ययनको सन्दर्भमा प्रष्ट पारिएको छ । यस गीतलाई गुरुङ समुदायमा भने रोधीका नामबाट चिनिन्छ । यस गीतमा नृत्यसमेत रहने भएकोले जातिगत रूपमा दुरा, कुमाल, बाहुन, दमाई, सार्की, कामी, क्षेत्री, मगर लगायतका समुदायमा प्रचलित रहेको पाइन्छ । क्षेत्रगत रूपमा पनि यो गीत लमजुङ, गोरखा, कास्की, बाग्लुङ, तनहुँ, म्याग्दी, सुदुर पश्चिम, कर्णाली क्षेत्रलगायत स्थानमा पनि प्रचलित देखिन्छ । यस गीतको नाम र प्रस्तुतिगत शैली ठाउँअनुसार विभिन्न रहेका पाइन्छन् । यस गीतसँग समाज र संस्कृतिको सम्बन्ध कस्तो छ र यस गीतको प्रस्तुति कसरी गरिन्छ भन्ने समस्याको समाधानमा रहेको यस लेखमा ठाडो भाका लोकगीतलाई कुनै एक जाति, कुनै एक वर्ग समुदाले मात्र होइन यसको संरक्षण र विकासका लागि सबै लाग्नुपर्ने देखिन्छ । समाज र संस्कृतिबिना यस गीतको अस्तित्त्व नरहने भएकोले यस गीतको मुख्य स्रोत समाज हो । समाज र संस्कृतिबिना अपुरो मानिने यस गीतलाई क्षेत्रकार्यबाट सङ्कलित सामग्रीका आधारमा यस लेखमा यस गीतसँग समाज र संस्कृतिको बारेमा गीतसहित प्रस्तुत गरिने परम्परित संस्कार र संस्कृति पहिचान गर्ने हुनाले लमजुङ जिल्लाको सामाजिक र सांस्कृतिक पक्ष, लमजुङ जिल्लाको भौगोलिक अवस्था, लमजुङ जिल्लाको प्रसिद्ध स्थान, जाति, धर्म, संस्कृति र चाडपर्व, लमजुङ जिल्लामा लगाइने खेतीपाती, फलफूल, पशुपालन जस्ता पक्षका आधारमा विश्लेषण गरिएको छ । लमजुङ जिल्लाको पहिचान अन्य विषय र विधाबाट भए पनि ठाडो भाका लोकगीतको माध्यमबाट भने यस सम्बन्धि कुनै पनि कार्य नभएको पाइन्छ । यही शोधमूलक अध्ययनको रिक्तता परिपूर्तिका लागि विषयवस्तु विश्लेषण विधिमा आधारित भई यो अध्ययन गरिएको छ । लमजुङ जिल्लामा प्रचलित ठाडो भाका लोकगीतको सम्बन्ध यस जिल्लाका विभिन्न स्थान, संस्कार, संस्कृति, परम्परा, धर्म, आदिका दृष्टिले पनि अध्ययनीय हुन्छ भन्ने सत्यलाई देखाउनु नै यस अध्ययनको निष्कर्ष रहेको छ । 

Downloads

Published

2026-02-21

Issue

Section

Articles