‘यो हल्लैहल्लाको देश हो’ कवितामा लयविधान
Keywords:
अन्तर्प्रवाह, आवृत्ति, विचलन, विपरीतता, पङ्क्तिविन्यासAbstract
प्रस्तुत लेख भूपि शेरचनकृत ‘यो हल्लैहल्लाको देश हो’ कवितामा लयविधानको सुगठन कसरी भएको छ भन्ने समस्याको प्राज्ञिक समाधानमा केन्द्रित छ । कवितालाई अन्तरसाङ्गीतिक माधुर्यले परिपूर्ण बनाउँदै जीवन्त राख्न लय एक प्रमुख तत्त्व हो । ‘यो हल्लैहल्लाको देश हो’ कवितामा लयविधान सम्बन्धी प्रश्नको हल खोज्नु नै यस अध्ययनको मूल उद्देश्य रहेको
छ । अध्ययनका लागि प्राथमिक सामग्रीको रूपमा भूपि शेरचनद्वारा लिखित ‘यो हल्लैहल्लाको देश हो’ कवितालाई लिइएको छ । अध्ययनको समस्यासँग सम्बन्ध राख्ने पुस्तक तथा सैद्धान्तिक समालोचनाका ग्रन्थहरुबाट द्वितीयक सामग्रीको सङ्कलन गरिएको छ । दुबै सामग्री सङ्कलन पुस्तकालय स्रोतबाट गरिएको छ । अध्ययनलाई निचोडमा पु¥याउनको लागि पाठ विश्लेषणकेन्द्री गुणात्मक अनुसन्धान ढाँचालाई उपयोग गरिएको छ । अध्ययनको मूल समस्याको निरूपणका लागि लयविधानका सैद्धान्तिक पक्षलाई आधार मानिएको छ । समाधेय प्रश्नको निचोड निकाल्न लय सिर्जनाका मुख्य आधारहरू पङ्क्तिविन्यास, विचलन, आवृत्ति वा समानान्तरता, शब्दको वैपरीत्यमूलक प्रयोग र लेख्य चिह्नको प्रयुक्तिलाई लयविधानका मान्यताका आधारमा विश्लेषण गरी लयविधानका दृष्टिले प्रस्तुत कविता प्रभावशाली रहेको निष्कर्ष निकालिएको छ ।
Downloads
Published
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.