माया ठकुरीको ‘बोक्सी’ कथामा नारी उत्पीडन

Authors

  • जानुका कोइराला Author

Keywords:

आधिपत्य, दमन, पक्षपोषण विरासत, समता

Abstract

प्रस्तुत लेख मूलतः कथाकार माया ठकुरीको ‘बोक्सी’ कथाको सांस्कृतिक अध्ययनमा केन्द्रित छ । आधुनिक नेपाली कथाको क्षेत्रमा छवटा कथासङ्ग्रह प्रकाशित गरेर कथाकार ठकुरी नेपाली कथा क्षेत्रमा बलियो पहिचान निर्माण गर्न सफल भएकी छन् । नेपाली आधुनिक कथामा विशिष्ट योगदान पु¥याए तापनि उनको कथाकारिताको नारीवादी कोणबाट यथेष्ट अनुसन्धान भएको पाइदंैन । यो लेख माया ठकुरीको ‘बोक्सी’ कथाको नारीवादको नारी उत्पीडन अन्तर्गत केट मिलेटको आमूल नारीवादी सैद्धान्तिक मान्यतालाई आधार मानी तयार पारिएको छ । नारी उत्पीडन सम्बन्धी अवधारणा नारीवादी साहित्यिक समालोचनासँग सम्बन्धित छ । यसै मान्यताका आधारमा जैविक उत्पीडन, सामाजिक उत्पीडन र यौनिक उत्पीडनका आधारमा बोक्सी कथाको सूक्ष्मतापूर्वक अध्ययन गरेर यो लेख तयार पारिएको छ । नारी उत्पीडन नारीवादभित्रकै एउटा पक्ष हो । यसमा कथाकारले तत्कालीन समाजमा बोक्सीका नाममा नारीले भोग्नुपरेका समस्या र हिंसालाई प्रस्तुत गरेकी छन् । कथामा नारी उत्पीडनको खोजी गरेर विश्लेषण गर्नु यस अध्ययनको उद्देश्य हो । कथाकोे नारीवादी विश्लेषणमा विद्रोह र क्रान्तिमात्र महत्त्वपूर्ण नभएर नारी उत्पीडन पनि उत्तिकै महत्त्वपूर्ण भएको हुनाले नारी उत्पीडनका दृष्टिले  यो कथा अध्ययनीय छ ।

Downloads

Published

2026-02-21

Issue

Section

Articles