बागलुङको पत्रकारिताको विवरणात्मक इतिहास

Authors

  • शिवसरण ज्ञवाली Author

Keywords:

अनुसन्धानमूलक पत्रिका, नयाँ माध्यम, पाक्षिक, हस्तलेखन, सामुदायिक रेडिया

Abstract

प्रस्तुत लेख बागलुङको पत्रकारिताको विवरणात्मक इतिहासको अभिलेखनसँग सम्बन्धित रहेको छ । यो जिल्लाको पत्रकारिता वि. सं. २००८ मा हातले लेखेर प्रकाशित भएको ‘सही बाटो’ समाचार पत्रबाट  सुरु भएर अनलाइनसम्म विकास भएको 
छ । २०२० को दशकबाट पत्रकारिता मुद्रण युगमा प्रवेश ग¥यो । मुद्रणमा प्रवेश भए पछि समाचार पत्रका पाक्षिक, साप्ताहिक, अर्धसाप्ताहिक, दैनिक स्वरूप पनि देखा परेको पाइन्छ । यो जिल्लामा साहित्यिक पत्रकारिताको स्थापित परम्परा छ । यहाँको साहित्यिक पत्रकारिता पनि साहित्यिक र अनुसन्धानमूलक दुई धारमा विकसित छ । साहित्यिक पत्रकारिता व्यक्तिगत प्रयत्न र समपर्णमा आधारित छ भने अनुसन्धानमूलक पत्रकारिताको विकास संस्थागत रहेको छ । वि. सं. २०६० को दशकबाट यहाँको पत्रकारिता विद्युतीय माध्यममा प्रवेश ग¥यो । त्यसपछि रेडियो, टेलिभिजन र अनलाइन पत्रकारिताको विकास भएको पाइन्छ । आजसम्मको सत्तरी बहत्तर वर्षको पत्रकारिताको इतिहासमा मुद्रित र विद्युतीय दुवै खालको पत्रकारिताको विकास भए पनि पत्रपत्रिका प्रकाशन हुने र बन्द हुने क्रम भने यहाँको पत्रकारिताको प्रवृति बनेको छ । यो प्रवृति विद्युतीय माध्यममा पनि सल्किदोँ छ । यसो हुनाको मुख्य कारण जनशक्ति अभाव र आर्थिक समस्या नै रहेका छन् । तर बागलुङको पत्रकारिताको इतिहासमा गतिवान् नै बनेको पाइन्छ । 

Downloads

Published

2026-02-21

Issue

Section

Articles