प्रेमप्रसाद शर्माका कृतिमा डायस्पोरिक प्रतिबिम्ब

Authors

  • दिनबहादुर थापा TU Author

Keywords:

आप्रवासी जीवन, डायस्पोरिक मानसिकता, नेपाली संस्कृति, प्रतिबिम्ब, विसङ्गत जीवन

Abstract

प्रेमप्रसाद शर्मा पौडेल (२०११) अमेरिकाको भर्जिनिया सहरमा बसोबास गर्दै आएका आप्रवासी लेखक हुन् । उनका कथा, कविता र खण्डकाव्य गरी आठओटा कृति प्रकाशित भइसकेका छन् । हालसम्म प्रकाशित कृतिमा गद्य र पद्य कवितासङ्ग्रह तीनओटा, खण्डकाव्य दुईओटा, कथासङ्ग्रह एउटा, गीति कवितासङ्ग्रह एउटा र स्मृतिकाव्य एउटा रहेका छन् । शर्माका यिनै प्रकाशित कृतिमा उनको डायस्पोरिक चिन्तन केकसरी प्रतिबिम्बित भएको छ ? भन्ने समस्यालाई अध्ययनको मूल उद्देश्य बनाइएको छ । शर्माका यी प्रकाशित कृतिहरूको भूमिका लेखनमार्फत आफन्तजनबाट सामान्य समीक्षा भए पनि समग्र कृतिमा अभिव्यक्त उनको डायस्पोरिक प्रतिबिम्बको खोजी भएको छैन । तसर्थ यिनै प्रकाशित कृतिहरूको पुस्तकालयीय अध्ययनमा आधारित वर्णनात्मक र विश्लेषणात्मक शैलीको प्रयोग गरी यो लेख तयार गरिएको हो । सीमित अर्थमा डायस्पोरा शब्दले पहिचानविहीन मानवलाई बुझाए तापनि आजको व्यापक अर्थमा डायस्पोरा भन्नाले सुखसुविधाका लागि आप्mनो मातृभूमि छोडेर सुविधा सम्पन्न मुलुकमा बसेर पनि आपूm जन्मेको ठाउँ र आप्mना विगतका संस्कार तथा संस्कृतिप्रति चिन्तनशीन रहेको व्यक्ति भन्ने हुन्छ । यही व्यापक अर्थलाई यस लेखमा डायस्पोरिक प्रतिबिम्बको अवधारणा बनाइएको छ । यही अवधारणाका आधारमा शर्माका डायस्पोरिक प्रतिबिम्ब झल्किने कृतिहरूको मात्र समीक्षा गरिएको छ । उनका यी प्रवृत्ति झल्किने कृतिहरूमा आप्mनो जन्मभूमि, मातृभाषा, आफन्तजन, आप्mनो संस्कार, नेपाली संस्कृति, परम्परागत पेसा, चाडपर्व र आप्mनो पहिचानप्रति अगाध माया, चिन्ता र चिन्तन प्रकट गरिएको छ । उनका प्रायः कृतिहरूमा आप्रवासी जीवन, एक्लोपन, द्विविधा, अनिश्चितता, अन्योलता, छटपटाहट र विसङ्गत जीवनको प्रतिबिम्ब झल्किन्छ । डायस्पोरिक प्रतिमानको कसीमा हेर्दा शर्माका कृतिहरू डायस्पोरिक चेतना र चिन्ता दुबैमा आधारित छन् । तसर्थ यो लेखमा लेखकीय अभिव्यक्ति डायस्पोरिक मानसिकताको प्रतिबिम्ब हो भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Published

2026-02-21

Issue

Section

Articles