“बालविकास केन्द्रमा सहजकर्ताको भूमिका र व्यवस्थापनले बालविकासमा पारेको प्रभाव

Authors

  • Shiva Prasad Paudel TU DMC Author

Keywords:

उत्प्रेरक, प्रारम्भिक बालविकास केन्द्र, पूर्व विद्यालय, मातृ विद्यालय, व्यवस्थापन समिति, योजनाकार, सहजकर्ता

Abstract

यस अध्ययनको मुख्य उद्देश्य प्रारम्भिक वालविकास सहजकर्ताले वालविकासमा खेलेकोे भूमिका र केन्द्रको व्यवस्थापकिय पक्षले वालविकास कसरी प्रभावित हुन्छ भन्ने शीर्षकमा केन्द्रित रही अध्ययन गर्र्न खोजिएको छ । बागलुङ जिल्ला गल्कोट नगरपालीका वार्ड नं. ८ का ४ वटा प्रारम्भिक बालविकास केन्द्रलाई सुविधाको हिसावले छनौट गरि त्यहाको भौतिक अवस्था, सहजकर्ता, भातृ विद्यालयका प्र.अ., व्यवस्थापन समितिका अध्यक्ष, विद्यार्थीका अभिभावक र तिनीहरुसँग छलफल, प्रश्नावली,  अवलोकन फारम र अन्तरवार्तावाट प्राप्त सुचनालाई विकसित सिद्दान्तको उपयोग गरी विश्लेषण गरिएको छ ।  सम्पूर्ण व्यवस्थापकिय पक्ष तथा सहजकर्ताका व्यावहारहरु प्रत्यक्ष हेरिएकोमा सहजकर्ता वालवालिकाका हरेक क्रियाकलापका उत्प्रेरक, योजनकार, व्यवस्थापक, स्वास्थ्यकर्मी, संरक्षक, सहयोगी र समन्वयकर्ताको रुपमा रहेको, बालविकास केन्द्रको अवसर प्राप्त वालवालिकाले अवसर अप्राप्त बालबालिकाको तुलनामा वढि शैक्षिक तथा व्यवहारिक सिप हासिल गरेको, अधिकाशं केन्द्रको भौतिक व्यवस्थापन राम्रो भएतापनि वालमैत्री खेलमैदान र खेल सामग्रीको अपुग तथा २ वटा वालविकास केन्द्रमा शुद्धिकरण गरेको खानेपानीको अभाव देखियो । त्यस्तै बालविकास केन्द्रको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने, थप सहजकर्ताको व्यवस्थापन गरि दिवा खाजालाई प्रभावकारी गराउनुपर्ने, स्रोतको खोजी गरी परिश्रमिक वढाउनुपर्ने, आफ्नो विभिन्न  समस्या भए पनि वालवालिकाको भविष्य हेरी उनिहरुको भविष्य निर्माणलाई आफ्नो कर्तव्य सम्झी सकेसम्म समुदायमा पाइने न्यून र विना मूल्यका सामाग्री प्रयोग गरी बढि भन्दा बढि व्यावहारहरु सिकाउनुपर्ने जस्ता सुझाव दिइएको छ ।  
  

Downloads

Published

2024-01-17