खस जातिको ऐतिहासिक पृष्ठाधारमा बगाले थापाको मस्टो परम्परा

Authors

  • Din Bahadur Thapa Dhawalagiri Multiple Campus, TU Author

Abstract

प्राचीन ‘कस या शक’ जातिको आधुनिक नाम खस हो । खस भाषा बोल्ने र खस साम्राज्यको ऐतिहासिक पृष्ठभूमिबाट विकसित जात वा 
समुदाय विशेषलाई खस भनिन्छ । कुनै समय त्रिशुली र नारायणी नदीदेखि पश्चिममा पर्ने गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा महाकाली पारिका 
कुमाऊँ, गढवाल, कश्मीर, लद्दाखसहित पञ्जावको सतलज नदी र तिब्बतको खारी प्रदेशसम्मको सवा लाख पर्वतले युक्त पर्वतीय भूभागलाई 
खसादेश, खसान क्षेत्र वा खस साम्राज्यका नामले चिनिन्थ्यो । यिनै खसहरुको बसोबास क्षेत्र, भाषिक पृष्ठभूमि र मस्टो परम्परा केकसरी विकास 
भयो भन्ने सन्दर्भलाई जोडेर यो लेख तयार गरिएको छ । खसहरुको मौलिक पहिचान, परम्परा र निरन्तरता भनेकै खस भाषा र मस्टो पूजा हो 
। खसहरु मध्येकै सैनिकको लस्कर वा बगालमा बसी नयाँ राज्य स्थापना गर्नमा विशेष भूमिका खेल्ने थरहरुमा बगाले थापाहरु पनि हुन्। बगाले 
थापाका मूल पुरुष कालु थापा मानिन्छन्। उनैका सन्ततिहरु देशका विभिन्न भूभागमा छरिएर रहेका छन्। यिनै खसहरु र बगाले थापाहरुको 
ऐतिहासिक पृष्ठभूमि तथा मस्टो पूजा परम्पराको खोजी गर्नु यस लेखको मुख्य उद्देश्य रहेको छ । पुस्तकालयीय अध्ययनबाट खसको ऐतिहासिक 
र भाषिक पृष्ठाधारको खोजी गरिएको छ भने क्षेत्रीय अध्ययनबाट पर्वत, बागलुङ, म्याग्दी र रोल्पामा बसोबास गर्ने बगाले थापा र उनीहरुले 
पुज्ने मस्टो परम्पराको चर्चा गरिएको छ । यस आलेखमा नेपाली भाषा र मस्टो परम्परा खस जातिका मौलिक विशेषता हुन् भन्ने निष्कर्ष 
निकालिएको छ ।

Author Biography

  • Din Bahadur Thapa, Dhawalagiri Multiple Campus, TU

    Din Bahadur Thapa is a Professor of Nepali language, at 
    Tribhuvan University, Nepal. He has got PhD in 
    Sociolinguisticsfrom TU, Nepal. His focal area of study is 
    socio-linguistics and Nepali Folklore

Downloads

Published

2024-05-11