नेपालका प्रमुख राजनीतिक दलका घोषणापत्रमा शैक्षिक सवाल

Authors

  • Dilli Raj Gautam TU, DMC Author

Abstract

लेखसार :
प्रस्तुत लेख नेपालका प्रमुख राजनीतिक दलका घोषणा पत्रमा शैक्षिक सवाल भन्ने विषयमा केन्द्रित छ । समान राजनीतिक दर्शन, सिद्धान्त, नीति र कार्यक्रममा आस्थावान मानिसहरुको समूह नै राजनीतिक दल हो । नेपालको वर्तमान संविधानले दलीय व्यवस्थालाई अंगिकार गरेको छ । लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरु देशको विकास र समृद्धिका लागि औपचारिक प्रतिस्पर्धी अभिकर्ताहरु हुन् । आवधिक निर्वाचन दलीय व्यवस्थाको अनिवार्य शर्त हो । दलहरु निर्वाचन माफृत सत्तामा पुग्ने र बाहिरिने गर्दछन् । निर्वाचन हुनुपूर्व आफूले चुनाव जितेर सत्तामा गएपछि दलले गर्ने प्रमुख कामहरुको फेहरिस्त नै निर्वाचन घोषणा पत्र हो । नेपालको प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द) ले वि.सं. २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा आ–आफ्ना संकल्प पत्र, घोषणा पत्र वा प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए । यिनै प्रमुख दलहरुको घोषणा पत्रलाई उद्देश्यमूलक नमूना छनौटका आधारमा अध्ययन क्षेत्र चयन गरी प्राप्त प्राथमिक तथा द्वितीय स्रोत सामग्रीहरुको विश्लेषण गरी यो समीक्षात्मक लेख तयार गरी राजनीतिक दल र यिनका घोषणा पत्र प्रति जनताको आस्था र विश्वास कायम राख्ने गरी राजनीतिक दलहरुले सिद्धान्त र व्यवहारमा एकरुपता देखिने गरी घोषणा पत्रमा लेखिएको प्रतिबद्धताहरु इमान्दारपूर्वक कार्यान्वयन गर्नमा प्रतिबद्ध र जवाफदेही रहनु पर्दछ भन्ने सुझावहरु औंल्याइएको छ । 

Downloads

Published

2024-05-11