साहित्यको समाजशास्त्रीय आधारमा स्वास्नीमान्छे उपन्यास

Authors

  • Anandaraj Silwal Dhawalagiri Multiple Campus, TU Author

Abstract

हृदयचन्द्रसिंह प्रधानको स्वास्नीमान्छे उपन्यास सामाजपरक यथार्थमा आधारित प्रगतिवादी उपन्यास हो । प्रस्तुत आलेख प्रधानको स्वास्नीमान्छे उपन्यासको प्रजाति, पर्यावरण र क्षणगत प्रस्तुतिको विश्लेषणमा आधारित रहेको छ । प्रस्तुत उपन्यासको विविध कोणबाट अध्ययन भए पनि प्रजाति, पर्यावरण र क्षणका आधारमा अध्ययन नभएको सन्दर्भमा प्रस्तुत अध्ययन आफैमा महŒवपूर्ण रहेको छ । साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा प्रधानको स्वास्नीमान्छे उपन्यासको अनुसन्धानमूलक अध्ययन नभएको सन्दर्भमा यसैअनुरूप व्यवस्थित ढाँचामा विश्लेषण गर्नु प्रस्तुत आलेखको मुख्य समस्या हो । प्रस्तुत मूल समस्याको समाधानार्थ प्रधानको स्वास्नीमान्छे  उपन्यासमा प्रजाति, पर्यावरण र क्षणगत प्रस्तुति के–कस्तोे छ ? भन्ने प्राज्ञिक जिज्ञासाको उत्तरका लागि उनको औपन्यासिक कृतिको विश्लेषण गरी समस्यागत रिक्तताको परिपूर्ति गर्ने काम यसमा गरिएको छ । उनको औपन्यासिक कृतिको विविध अवधारणामा आधारित पूर्वकार्यको समीक्षा गरी अध्ययनको समस्यागत रिक्तताको खोजी गर्ने काम प्रस्तुत आलेखमा गरिएको छ । प्रस्तुत आलेखमा प्रधानको स्वास्नीमान्छे उपन्यासको विश्लेषण गर्नका लागि पुस्तकालयीय अध्ययन कार्यबाट सङ्कलित प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीको समष्टिगत गुणात्मक पद्धतिअनुरुप विश्लेषण गरिएको छ । साहित्यको समाजशास्त्रीय मान्यतामा आधारित प्रस्तुत अध्ययन आफैमा महŒवपूर्ण रहनुका साथै यसले सम्बद्ध क्षेत्रका अध्येतालाई प्राज्ञिक मार्गदर्शन गर्ने सन्दर्भमा थप औचित्यपूर्ण रहेको छ ।

Author Biography

  • Anandaraj Silwal, Dhawalagiri Multiple Campus, TU

    Ananda Raj Silwal is an Assistant Professorof Nepali in Tribhuvan Univesity. He is pursuing PhD in Nepali literature.  He has contributed diverse field of Nepali language and literature through numbers of articles in these   fields.   His   area of   interest   is   Neplai   Flok literature.

Downloads

Published

2024-05-11