भवानी भिक्षुका कथामा वर्गद्वन्द्व

Authors

  • Ganesh Prasad Sharma Dhawalagiri Multiple Campus, TU Author

Keywords:

गरिबवर्ग, सम्पन्नवर्ग, श्रमशोषण, असन्तुष्ट, वर्गगत मतभेद, वर्गद्वन्द्व, प्रयोजन

Abstract

यो लेख भवानी भिक्षुका कथामा प्रस्तुत वर्गद्वन्द्वको अध्ययनमा केन्द्रित रहेको छ । मूलतः मनोवैज्ञानिक कथाकार भए पनि तत्कालीन सामाजिक यथार्थलाई चित्रण गर्ने क्रममा समाजका धनी र गरिबवर्गका बिचको द्वन्द्वलाई भिक्षुका कथामा देखाइएको छ । यस किसिमको द्वन्द्व माक्र्सवादी अवधारणासँग सम्बन्धित देखिन्छ । भिक्षुका कथामा वर्गद्वन्द्वको प्रस्तुति केकसरी गरिएको छ भन्ने समस्याको समाधानमा केन्द्रित यस लेखमा उक्त समस्याको विश्लेषणात्मक समाधान खोज्ने उद्देश्य राखिएको छ । यही उद्देश्यको प्राप्तिका लागि भिक्षुका ‘मालिकको छोरो’, ‘मैयाँसाहेब’, ‘हारजित’, ‘वन्दना’ र ‘बन्दोबस्त’ गरी पाँचवटा कथामा प्रयुक्त वर्गद्वन्द्वको अध्ययन गर्ने सीमा निर्धारण गरिएको छ । यसमा निर्दिष्ट समस्या,  उद्देश्य र सीमामा केन्द्रित रही पुस्तकालयकार्यबाट प्राथमिक र द्वितीयक सामग्री सङ्कलन गरेर अध्ययनलाई अघि बढाइएको छ । यसरी अध्ययन  गर्दा कथामा मालिकको भूमिकामा  का र नोकरको भूमिकामा रहेका पात्र, सम्पन्न र विपन्न आर्थिक अवस्थाका पात्र, धेरै जग्गा,धनसम्पत्ति भएका पात्र र दुःख गरेर श्रमको बलमा बाँच्नुपर्ने पात्र, पूँजीवादी र कम्युनिस्ट विचारधाराका पात्रका साथै गाउँका गरिब पात्र र सहरका  कार्यालयमा जागिर गर्ने माथिल्लो पहुँच भएका पात्रका बिचमा वर्गीयतामा आधारित द्वन्द्वलाई यस लेखमा विश्लेषण गरिएको छ । भिक्षुका  कथालाई विविध कोणबाट शोधमूलक अध्ययन र विश्लेषण गरिएको भए पनि उनका कथामा प्रयुक्त वर्गद्वन्द्वकेन्द्रित अध्ययन भने गरिएको  देखिँदैन । यही शोधमूलक अध्ययनको रिक्तता परिपूर्तिका लागि विषयवस्तु विश्लेषण विधिमा आधारित भई यो अध्ययन गरिएको छ । भिक्षु  माक्र्सवादी प्रवृत्तिका कथाकारका रूपमा अपरिचित भए पनि उनका केही कथा वर्गद्वन्द्वका दृष्टिले पनि अध्ययनीय छन्भन्ने सत्यलाई देखाउनु नै यस अध्ययनको निष्कर्ष रहेको छ ।

Author Biography

  • Ganesh Prasad Sharma, Dhawalagiri Multiple Campus, TU

    Ganesh Prasad Sharma is an Assistant Professor of Nepali literature in TU, Nepal. He is pursuing PhD in Nepali fiction. His area of interest is Nepali lingustics and literature. He has published number of articles related with Nepali literature.

Downloads

Published

2024-05-11