भाषाविज्ञानको उद्भव र विकासमा पूर्वीय  संस्कृत परम्पराको योगदान

Authors

  • Ganesh Sharma Author

Keywords:

उद्भव, परम्परा, पूर्वीय, भाषाविज्ञान, योगदान, विकास, संस्कृत

Abstract

यो लेख भाषाविज्ञानको उद्भव र विकासमा संस्कृत भाषा र व्याकरणको अध्ययन परम्पराले पु-याएको योगदानमा आधारित रहेको छ । संस्कृत भाषाका विद्वान् आचार्यहरूले भाषा र व्याकरणको खोजअन्वेषणका क्रममा आधुनिक भाषाविज्ञानलाई पृष्ठपोषण प्राप्त हुने केकस्तो योगदान पु¥याएका छन् भन्ने मूल समस्याको समाधानमा केन्द्रित भएर उक्त समस्याको विश्लेषण गर्ने उद्देश्य र सीमामा रही मुख्यतः  पुस्तकालय र आंशिक रूपमा क्षेत्रीय विधिको प्रयोग गरेर संस्कृत परम्परामा भएका भाषावैज्ञानिक गुणका अध्ययन कार्य र त्यसले आधुनिक भाषाविज्ञानको विकासमा पु-याएको योगदानलाई यसमा सङ्क्षिप्त रुपमा देखाइएको छ । आधुनिक भाषाविज्ञानको वैज्ञानिक विकास १९ औँ शताब्दीदेखि पश्चिमबाट थालनी भएको देखिए पनि पूर्वीय संस्कृत परम्पराका वैदिक युग, पाणिनि युग र पाणिनिउत्तर युगसम्मको अतिदीर्घ समयावधिमा विद्वान् आचार्यहरूले भाषा र व्याकरणको निकै सम्पन्न परम्परा स्थापित गरेका छन् । यसले आधुनिक भाषाविज्ञानको उद्भव र विकासमा आवश्यक पृष्ठभूमि प्रदान गरेको छ । तसर्थ आधुनिक भाषाविज्ञानको श्रीवृद्धिमा पूर्वीय संस्कृत भाषा र व्याकरण परम्पराको योगदान अविस्मरणीय रहेको छ भन्ने कुरालाई यसमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । 

Published

2024-01-17