मोहनबहादुर मल्लका औपन्यासिक कृतिको प्रयोजनगत विश्लेषण

Authors

  • Anandaraj Silwal Author

Abstract

 प्रस्तुत आलेख मोहनबहादुर मल्लका औपन्यासिक कृतिको प्रयोजनगत विश्लेषण शीर्षकमा आधारित रहेको छ । उनका उजेली छामा, पञ्चायत, समयको हुरी, भुमरी र जेली गरी पाँचओटा उपन्यास सामाजिक विषयवस्तुमा आधारित रहेका छन् भने मायारानी, बहादुर नजर र रामछायाँ गरी तीनओटा उपन्यास ऐतिहासिक, राजनीतिक तथा सामाजिक विषयवस्तुमा आधारित रहेका छन् । मल्लका उपन्यासमा सामाजिक, राजनीतिक तथा ऐतिहासिक विषयलाई केन्द्रभागमा राखेर नेपाली समाजको सजीव चित्र उतारिएको छ । प्रयोजनपरक आधारमा मल्लका उपन्यासको अनुसन्धानमूलक अध्ययन नभएको सन्दर्भमा यसैअनुरूप व्यवस्थित ढाँचामा विश्लेषण गर्नु प्रस्तुत आलेखको मुख्य समस्या हो । प्रस्तुत मूल समस्याको समाधानार्थ मल्लका औपन्यासिक कृतिको प्रयोजन के हो ? भन्ने प्राज्ञिक जिज्ञासाको उत्तरका लागि उनका औपन्यासिक कृतिको विश्लेषण गरी समस्यागत रिक्तताको परिपूर्ति गर्ने काम यसमा गरिएको छ । मल्लका उपन्यास र साहित्यको समाजशात्रीय अवधारणामा आधारित पूर्वकार्यको समीक्षा गरी अध्ययनको समस्यागत रिक्तताको खोजी गर्ने काम प्रस्तुत शोधकार्यमा गरिएको छ । प्रस्तुत आलेखमा मल्लका उपन्यासको विश्लेषण गर्नका लागि पुस्तकालयीय अध्ययन कार्यबाट सङ्कलित प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीको समष्टिगत गुणात्मक पद्धतिमा रही अर्थापनढाँचाअनुरुप विश्लेषण गरिएको छ । उपन्यासमा मानव र मानव समाजसँग सम्बन्धित विविध सत्यलाई कलात्मक रुपमा अभिव्यक्त गरिएको हुन्छ । साहित्यका अन्य विधा सिर्जनाको प्रयोजन भएजस्तै उपन्यास विधाको पनि आफ्नै प्रयोजन रहेको छ । औपन्यासिक कृतिको कलात्मक संयोजनबाट समसामयिक यथार्थको उद्घाटन, जनजीवनको विशेष अवस्थाको चित्रण, पात्रका मनोदशागत यथार्थको उद्घाटन, उचित सौन्दर्यकलाबाट कौतुहलताको सिर्जना गर्नुलाई यसको प्रयोजनका रुपमा लिन सकिन्छ । 

Downloads

Published

2024-01-17