नेपालमा प्राकृतिक प्रकोप चट्याङको असर

Authors

  • Sarojraj Panta TU, Dhawalagiri Multiple campus Author

Keywords:

असर, चट्याङ, प्राकृतिक प्रकोप, मनसुन, सावधानी

Abstract

अहिले विश्वव्यापी मौसममा बदलाब आइरहेकोले नेपालमा प्राकृतिक विपत्तिका घटनाहरू बढ्ने गरेका छन् । नेपालमा वर्सेनि ५४० वटाजति प्राकृतिक प्रकोपहरू आउँछन् । जसको १५ प्रतिशत हिस्सा चट्याङले ओगटेको छ । आजकल मध्यबर्खाको असार–साउन महिना जस्तै छिनछिनमा मौसम परिवर्तन हुने गरेको छ । बाढी, पहिरो, आगलागी र भूकम्पका अतिरिक्त जनधनको क्षति हुने प्राकृतिक घटनामध्ये चट्याङ पनि एक हो । आकाशमा विपरीत दिशाबाट आएका बादल एकापसमा ठोक्किँदा त्यसको अणुहरुबीचको घर्षणबाट उत्पन्न हुने विद्युतीय तरङसहितको शक्तिलाई चट्याङ हो । नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चट्याङबाट मृत्यु हुनेको संख्या बढी रहेको छ । चट्याङ पर्दा भूकम्प आएजस्तै घर थर्किने डरत्रास फैलिने गरेको छ । चट्याङबाट सुरक्षित रहन के के गर्न सकिन्छ, घाइतेको उद्धार, उपचार कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतिर अहिलेसम्म भरपर्दो संयन्त्रको विकास हुन सकेको छैन । यो लेखबाट हाम्रा गाउँटोलमा यस्तो प्राकृतिक दुर्घटना भइरहने भएकाले चट्याङ के हो ? यसको विगतदेखिको असरको अबस्था कस्तो छ ? यसबाट हुने क्षति कसरी कम गर्न सकिन्छ ? भन्ने उद्देश्यले यो लेख तयार पारिएको छ । उद्देश्यले मुलक नमुना छनोट बिधिबाट समग्र देशलाई  अध्ययन क्षेत्र मानेर यो अनुसन्धान गरिएको छ । बाढीपहिरोपछि बढी प्रकोप ल्याउने चट्याङ भए पनि समाधानमा पहल नभएको पाइन्छ । एकै ठाउँमा क्षति नभएका कारण बेवास्तामा परेकोले अव निर्देशिका बनाएर संघ, प्रदेश र स्थानीय तहले अनिवार्य चट्याङ प्रतिरोधी घर बनाउनुपनर्,े चेतना जगाउने काम गर्न अति आवश्यक रहेको छ । कुनै पनि प्रकारको सावधानीका उपायहरूका लागि प्रभावकारी योजना र नीति निर्माणको लागि चट्याङ गतिविधिको मौसम विज्ञान अध्ययनको सहयोग लिनु आवश्यक छ ।  

Downloads

Published

2024-01-17