सिरुबारीको अर्थोपार्जनको आधारहरु र युवा परिचालन 

Authors

  • Sudashan Silwal Dhawalagiri Multiple Campus, TU Author

Keywords:

अर्थोपार्जनका आधारहरू, होमस्टे, पर्यटन, युवा सहभागिता, लोकसाहित्य र संस्कृति, सिरुबारी

Abstract

लेखसार
प्रस्तुत आलेखलाई स्याङ्जा जिल्लाको पर्यटकीय गाउँ सिरुबारीको अर्थोपार्जनका मूल आधारहरू र यसमा युवा सहभागिताको अवस्था केलाउनुमा केन्द्रित गरिएको छ । उद्देश्यमूलक नमूना छनौट विधिका आधारमा तयार गरिएको यस आलेखमा प्राथमिक तथा द्वितीयक प्रकृतिका स्रामग्रीहरू प्रयोग गरिएको छ । सूचनाहरू सङ्कलन गर्ने क्रममा सिरुबारीका होमस्टे सञ्चालकहरू र सिरुबारी पर्यटन विकास समितिका पदाधिकारी एवम् सदस्यहरूसँग यहाँका अर्थोपार्जनका आधार र यसमा युवा सहभागिताको अवस्थाका बारेमा औपचारिक तथा अनौपचारिक रूपमा छलफल गरी त्यसबाट प्राप्त हुन आएका सूचना एवम् जानकारीहरूलाई वर्णनात्मक तथा विश्लेषणात्मक विधिको माध्यमबाट समीक्षा गरी यो आलेख तयार गरिएको हो । स्थानीय संस्कृति झल्किने गरी पर्यटकहरूलाई गरिने सेवा तथा सत्कार, मौलिक प्रकृतिको घरबास व्यवसाय, घरको बनावट र सरसफाइ, समूह परिचालनको विधि, आर्थिक पारदर्शिता, क्षमताअनुसार पाहुना तथा श्रमविभाजन, एकै प्रकृतिको खानाका परिकारहरू, आयको संस्थागत अभिलेखीकरण र सार्वजनिकीकरण, अतिरिक्त आय (टिप्स) को सामूहीकरण, अर्गानिक ÷प्राङ्गारिक खाद्यवस्तुको उत्पादन, आत्मसन्तुष्टि र फरक पहिचान, गुरुङ संस्कृति, परम्परित पेसा व्यवसाय र सामाजिक सेवा नै यहाँको अर्थोपार्जनका मूल आधारहरू भएको अध्ययनबाट देखिन्छ । साथै कुल घरधुरीको ४८ प्रतिशत घरपरिवार, कुल जनसंख्याको ३६.३२ प्रतिशत जनसंख्या र व्यवसायमा संलग्न भएका मध्येमा पनि ४४.४४ प्रतिशत युवा मात्रै यस होमस्टे व्यवसायमा सम्लग्न हुनुले युवा वर्गलाई यसमा आकर्षित गर्न नसकिएको तथ्यलाई यस आलेखले उजागर गरेको छ । 

Author Biography

  • Sudashan Silwal, Dhawalagiri Multiple Campus, TU

    Sudarshan Silwal is an Associate Professor of Economics, at Tribhuvan University, Nepal. He has got PhD in Local finance. His focal area of study is municipal finance and development studies.

Downloads

Published

2024-01-17