धवलागिरिको साहित्यिक इतिहाससँग जोडिएका सन्दर्भहरू

Authors

  • Din Bahadur Thapa Dhawalagiri Multiple Campus, TU, Nepal Author

Abstract

आलेख सार 

नेपाली साहित्यको इतिहासमा धवलागिरि क्षेत्रको आप्mनै मौलिक पहिचान छ । धवलागिरि क्षेत्रको साहित्यसँग यहाँका प्रागैतिहासिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक, संस्थागत र वैयक्तिक सन्दर्भहरू जोडिएका छन् । साहित्यसँग जोडेर यिनै विभिन्न सन्दर्भहरूको खोजी गर्र्नु यो अध्ययनको मुख्य उद्देश्य रहेको छ । नेपाली साहित्यको इतिहासलाई प्राथमिक, माध्यमिक र आधुनिक गरी तीन चरणमा विभाजन गरिएको छ । धवलागिरि क्षेत्रको साहित्यिक इतिहासलाई पनि यिनै तीन चरणमा अध्ययन गरिएको छ । यो अध्ययनमा पुस्तकालयीय, जातिभाषिक र क्षेत्रीय अध्ययन विधिको अवलम्बन गरी यी विभिन्न सन्दर्भहरूको खोजी गर्ने प्रयत्न गरिएको छ । घाटु, सोरठी, गोविचन आदि यस क्षेत्रका प्रागैतिहासिक किंवदन्ती हुन् भने कोटेराज्यहरूसँग यहाँको ऐतिहासिक सन्दर्भ जोडिएको छ । यस क्षेत्रमा बसोबास गर्ने जातजाति र तिनका विभिन्न गतिविधिहरू सामाजिक र सांस्कृतिक सन्दर्भहरू हुन् । यहाँको साहित्यलाई पृष्ठपोषण गर्ने विभिन्न व्यक्ति र संस्थाहरू संस्थागत र वैयक्तिक सन्दर्भहरू हुन् । नेपाली साहित्यका धरोहर मानिने कवि वीरशाली पन्त, प्रेमनिधि पन्त, कालीभक्त पन्त, भूपी शेरचन, कृष्णबम मल्ल, मोहनबहादुर मल्ललगायतका व्यक्तित्वहरू पनि यसै क्षेत्रका प्रतिभा हुन् । यिनै विभिन्न सन्दर्भहरूको खोजी गर्ने प्रयास यो आलेखमा गरिएको छ । 

Author Biography

  • Din Bahadur Thapa, Dhawalagiri Multiple Campus, TU, Nepal

    Professor of Nepali Language, Department of Nepali

Downloads

Published

2024-01-17