कमिलाको प्वाँख सङ््ग्रहका कवितामा छन्दप्रयोग
Keywords:
कमिलाको प्वाँख, गति, मगुई, यति, वार्णिक छन्दAbstract
प्रस्तुत अनुसन्धानात्मक लेखमा नेपाली साहित्यमा छन्दकविका रूपमा परिचित प्रकाश चापागाईँ (२०१७) को कमिलाको प्वाँख (२०८०) मा सङ्गृहीत कविताहरूको शास्त्रीय छन्दप्रयोगका आधारमा विश्लेषण गरिएको छ । यसअघि छन्दप्रयोगका दृष्टिले प्रस्तुत सङ््ग्रहका कविताहरूको अध्ययन नभएका कारण यो विषयशीर्षक चयन गरिएको हो । यस सङ्ग्रहमा एघारवटा छन्दमा लेखिएका एकासीवटा कविता रहेका छन्् । यी कविताहरूमा प्रयुक्त छन्द अध्ययनका लागि प्राथमिक तथा द्वितीयक सामग्री प्रयोग गरिएको छ । छन्दप्र्रयोगका दृष्टिले कविता केकस्ता छन् भन्ने प्रश्न र यसको समाधानमा केन्द्र्रित यस अनुसन्धानमा प्रयुक्त छन्दको लक्षणसँग सम्बन्धित शास्त्रीय नियमलाई आधार बनाइएको छ । गुणात्मक प्रकृतिको यस अध्ययनमा व्याख्यात्मक र विश्लेषणात्मक विधिद्वारा कविताहरूको विश्लेषण गरिएको छ । अध्ययनका क्रममा सबै कविताहरू वार्णिक छन्दमा रचिएका र ती पाउ, श्लोक, गण, गति, यति, शब्दचयन, अनुप्रास आदि छन्दका आवश्यक तत्त्वका दृष्टिले हेर्दा उपयुक्त रहेका पाइएको छ । एघारवटा छन्द प्रयोग भए पनि कवितामा प्रयुक्त छन्दको सङ्ख्या, कविताको भाव र भावअनुसारको शब्दचयन आदि आधारमा हेर्दा शार्दूलविक्रीडित छन्दमा कविको सिद्धहस्तता रहेको ठहर गरिएको छ, साथै प्रस्तुत सङ्ग्रहका कविताहरू समकालीन नेपाली छन्दोबद्ध कविताका क्षेत्रमा अग्रपङ्क्तिमा रहनाका साथै उच्चस्तरीय छन् भन्ने निष्कर्ष निकालिएको छ ।