लाहुरी भैँसी कथाका द्वन्द्वात्मक पक्षहरू

Authors

  • Ganesh Prasad Sharma Dhawalagiri Multiple Campus, TU Author

Abstract

यो लेख रमेश विकलको ‘लाहुरी भैँसी’ कथाका द्वन्द्वात्मक पक्षहरूको अध्ययनमा केन्द्रित रहेको छ । विकल सामाजिक यथार्थवादी  कथाकार भनेर चिनिएका भए पनि उनका कथामा मनोवैज्ञानिकताको उपयोग पनि गरिएको छ । यसले गर्दा उनका कथामा पाइने द्वन्द्व मनोवैज्ञानिक र सामाजिक दुवै किसिमको देखिन्छ । उल्लेखित कथामा केन्द्रित भएर द्वन्द्वात्मक पक्षहरूको अध्ययन गर्ने क्रममा अल्फ्रेड एडलर, कार्ल माक्र्स र म्याक्स वेबरका द्वन्द्वसम्बन्धी मान्यता सम्बन्धित देखिन्छन् । ‘लाहुरी भैँसी’ कथामा हीनत्वबोध र श्रेष्ठत्वप्राप्तिका बिच द्वन्द्व, वर्गका बिचमा सिर्जित द्वन्द्व र प्रतिष्ठाका लागि सिर्जित द्वन्द्व केकसरी प्रस्तुत गरिएको छ भन्ने समस्यामा केन्द्रित यस लेखमा उक्त समस्याको विश्लेषणात्मक समाधान पैल्याउने उद्देश्य राखिएको छ । समस्यामा सूचित प्रकृतिका द्वन्द्वको मात्र अध्ययन गर्नु यस लेखका लागि सीमा निर्धारण गरिएको छ । यसमा निर्दिष्ट समस्या, उद्देश्य र सीमामा रहेर पुस्तकालयीय कार्यबाट प्राथमिक र द्वितीयक सामग्री सङ्कलन गरिएको छ । यसमा हीनत्वबोध र श्रेष्ठत्वप्राप्तिका बिचको द्वन्द्वको अध्ययन गर्न अल्फ्रेड एडलरको मनोद्वन्द्वसम्बन्धी मान्यतालाई र वर्गका बिचमा सिर्जित द्वन्द्वको अध्ययन गर्नको लागि कार्ल माक्र्सको वर्गद्वन्द्वसम्बन्धी मान्यतालाई आधार बनाइएको छ । त्यसैगरी प्रतिष्ठाका लागि सिर्जित द्वन्द्वको अध्ययन गर्नको लागि म्याक्स वेबरको द्वन्द्वसम्बन्धी मान्यतालाई आधार बनाइएको छ । ‘लाहुरी भैँसी’ कथामा केन्द्रित भएर आलोचनात्मक यथार्थवाद, समाख्यान विश्लेषण, कथानक र पात्रमा वर्गसङ्घर्षलगायत विभिन्न आधारमा अध्ययन भएको देखिए पनि मनोवैज्ञानिक र सामाजिक द्वन्द्वमा मात्र केन्द्रित भएर गहन किसिमले अध्ययन गरिएको देखिँदैन । यही नै यस लेखका लागि प्राप्त रिक्तता हो । यही रिक्ततालाई परिपूर्ति गर्नका लागि विषयवस्तु विश्लेषण विधिमा आधारित भई यो लेख तयार गरिएको छ । विकलको उल्लिखित कथा मनोसामाजिक द्वन्द्वका दृष्टिले सफल कथा हो भन्ने कुरा देखाउनु नै यस लेखको निष्कर्ष रहेको छ ।   

Author Biography

  • Ganesh Prasad Sharma, Dhawalagiri Multiple Campus, TU

    Ganesh Prasad Sharma is an Assistant Professor of Nepali literature in TU, Nepal. He is pursuing PhD in Nepali fiction. His area of interest is Nepali lingustics and literature. He has published number of articles related with Nepali literature.

     

Downloads

Published

2024-06-30