साङ्केतिक भाषाका सन्दर्भमा नेपाली साङ्केतिक भाषा

Authors

  • Keshab Prasad Bhusal Author

Abstract

प्रस्तुत लेख साङ्केतिक भाषा र नेपाली साङ्केतिक भाषाको अध्ययनमा आधारित रहेको छ । यस लेखमा साङ्केतिक भाषासम्बद्ध विभिन्न पक्षहरूको सूक्ष्म समीक्षण गरिएको छ । साङ्केतिक भाषाको सैद्धान्तिक परिचय दिनु, साङ्केतिक भाषाको विकासक्रम प्रस्तुत गर्नु, साङ्केतिक भाषाका प्रकार उल्लेख गर्नु, नेपाली साङ्केतिक भाषाको परिचय दिनु, नेपाली साङ्केतिक भाषाको विकासक्रम उल्लेख गर्नु र नेपाली साङ्केतिक भाषाका विशेषताहरू प्रस्तुत गर्नु यस लेखका मूलभूत उद्देश्य रहेका छन् । प्रस्तुत लेखमा मूलतः गुणात्मक अनुसन्धान विधिको प्रयोग गरिएको छ । यसमा सोद्देश्यमूलक तरिकाले सामग्रीहरूको सङ्कलन गरिएको छ । प्रस्तुत लेख तयारीका क्रममा साङ्केतिक भाषा र यससम्बद्ध विविध पक्षका बारेमा चर्चा गरिएका अङ्ग्रेजी, नेपाली सैद्धान्तिक पाठ्यपुस्तकहरूलाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ र तिनको अध्ययनबाट प्राप्त तथ्यहरूको अध्ययन विश्लेषण गरिएको छ ।  जसका आधारमा साङ्केतिक भाषाको प्रयोगमा हात र यसका विभिन्न भागहरूको प्रयोग हुने गरेको, साङ्केतिक भाषाको प्रयोग बोली भाषाभन्दा पहिलेदेखि नै गरिएको, नेपाली साङ्केतिक भाषाको आफ्नै किसिमको प्रयोग, व्यवहार रहेकोलगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत लेखले साङ्केतिक भाषा र नेपाली साङ्केतिक भाषाका बारेमा जानकारी लिन चाहने, यस क्षेत्रमा अनुसन्धान गर्ने शिक्षक, विद्यार्थी, शोधार्थी, लेखक तथा विषय विशेषज्ञलगायतलाई आवश्यक कुराहरू अधिगत गर्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।

Author Biography

  • Keshab Prasad Bhusal

    Keshav Prasad Bhusal is an assistant professor of Nepali education with a PhD in Nepali Education. He is currently working at Central Department of Education, Tribhuvan University. He has published dozens of articles on Nepali literature.

Downloads

Published

2024-06-30